प्रबिधिमैत्री एक्काइसौं शताब्दी सुहाउँदो अन्लाईन कक्षा प्रणालीलाई जोड
- Written by bataseadmin
- Published in Batase News & Updates
- Permalink
विश्वभरी फैलिएको अत्यासलाग्दो कोरोना भाइरस (कोभिड-19) महामारीका कारण भौतिक रूपमा उपस्थित भइ गरिने पठनपाठन ठप्प हुन पुग्यो । यसले गर्दा बिद्यार्थीको भबिस्य माथि नै प्रश्नचिह्न उत्पन्न भयो ।जस्तोसुकै महामारी र सङकट्का बीचमा पनि बिद्यार्थीको शिक्षण सिकाइलाई यथावत राख्नुपर्छ भन्ने मान्यताका साथ बिद्यालयले विभिन्न तहका छलफल विभिन्न माध्यम Zoom, messenger group इत्यादिबाट विभिन्न तप्काका बुद्धिजीवी,शिक्षा क्षेत्रमा अग्रसर ब्याक्तित्वहरु बीच सन्चालन गर्यो र यस छलफलबाट अहिलेको प्रबिधिमैत्री एक्काइसौं शताब्दी सुहाउँदो अन्लाईन कक्षा प्रणालीलाई जोड दिने दङ्गले बिद्यालयलाई प्रबिधिमा जोडनुपर्छ भन्ने मान्यताका साथ यस बिद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाइ चार दिने Microsoft Teams Online Training सम्पन्न भएको छ ।उक्त ट्रेनिङका लागि आवश्यक सहयोग र सहजीकरण गर्नुभएकोमा यस बिद्यालयलाई लामो समयदेखि सहयोग गर्दै आएको सहयोगी सस्था Friends of Himalayan Children र बि.ब्य.स अध्यक्ष श्री सुजन तामाङ प्रती बिधालय परिवार हार्दिक धन्यवाद ज्ञपान गर्द्छ ।
साथै यस अन्लाईन ट्रेनिङमा आफ्नो ब्यस्त समयलाई खर्चिनु भइ ट्रेनिङ दिनुहुने ट्रेनर Hem Sagar Pokhrel सरलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछ । उक्त अन्लाईन ट्रेनिङ मार्फत शिक्षकहरुको क्षमता अभिवृद्धि भएको छ र यसै अनुरुप जस्तोसुकै परिस्थितिमा पनि शिक्षकहरुले आगामी दिनहरूमा अन्लाईन कक्षा भौतिक शरीर उपस्थित भएर लिएको कक्षा जस्तै प्रभावकारी रूपमा सन्चालन गर्नुहुनेछ र बिद्यार्थी एबम अभिभावकलाई यस माध्यमबाट पनि कक्षा सन्चालन गरि सन्तुष्ट पार्नुहुनेछ भन्ने बिश्वास बिद्यालय परिवारले लिएको छ ।
धन्यवाद !!